Logo

मुख्य समाचार

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपाल रहेनन्


gdpnepal
   २३ बैशाख २०८२, मंगलबार


काठमाडौं । पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ ।

लामो समयदेखि पार्किन्सन रोगबाट पीडित नेपालको मंगलबार नर्भिक अस्पतालमा निधन भएको हो ।

७१ वर्षीय नेपाल रोगले थलिएपछि पछिल्लो दशक पार्टी राजनीतिबाट टाढा थिए ।

नेपाललाई सोमबार आईसीयूमा राखिएको थियो । उनी पूर्व पत्रकार समेत हुन् ।

२०५१ मा एमालेको अल्पमत सरकारमा सञ्चारमन्त्री रहेका नेपाल पछि शिक्षामन्त्री पनि भए ।

माधव नेपाल समूहबाट एमाले महासचिव पदमा प्रतिस्पर्धा गरे पनि झलनाथ खनाल समूहका ईश्वर पोख्रेलसँग पराजीत भएका थिए ।

पछिल्लोपटक उनी तत्कालीन गृहमन्त्री वामदेव गौतमको सल्लाहकार समेत भएका थिए ।

 

प्रकाशित : २३ बैशाख २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह