Logo

अर्थनीति

गभर्नर नियुक्ति अर्घेल्याइँमा किन ओलीलाई निर्दोष भन्दैछन् देउवा ?


gdpnepal
   २४ बैशाख २०८२, बुधबार


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दोष नरहेको बताए । 

विद्यमान आर्थिक परिवेशमा बजेटले समेटनुपर्ने नीति विषयक संवाद गोष्ठीमा बोल्दै मंगलार उनले राष्ट्र बैङ्कको आन्तरिक समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताएका हुन् ।

उनले भने, ‘अहिले एमाले पार्टीका नेता केपी ओलीसँग गठबन्धन छ । गठबन्धनमा कुनै समस्या छैन । अहिले राष्ट्र बैंकको गर्भनरको विषयमा हामीबीच कुनै  समस्या  छैन । गभर्नर नियुक्ति ढिलो हुनुमा राष्ट्र बैङ्क भित्रकै समस्याले हो । ओलीको कारणले होइन ।’

देउवाले इंगित गर्न खोजेको कामु गभर्नर निलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेकै कारण नियुक्तिमा ढिलाई भएको हो ।

गभर्नरका लागि आफैँ स्वाभाविक दावेदार समेत रहेकी ढुंगानाले ठूलो राजनीतिक आडबिना यति अडान लिन सक्छिन् भन्ने विश्वास कसैलाई छैन । 

ढुंगानाले हलो अड्काइन्, कसको बलमा ? जवाफ प्रष्ट छ: उनलाई गभर्नर बनाउन चाहने शक्तिको आडमा। 

त्यो शक्ति को हो भन्ने छिपेको छैन; मुलुकका कार्यकारी प्रमुख केपी ओलीकै डिजाइनमा यो भैरहेको भन्ने शासकीय व्यवस्था बुझ्ने जो कोहीलाई थाहा छ ।

देउवालाई थाहा नहुने कुरै भएन । तर उनले किन ओलीको दोष छैन भने ? 

देउवालाई गठबन्धन बचाउनु छ र आफू प्रधानमन्त्री एमालेकै बलमा बन्नु छ । 

ओलीलाई काँध थाप्दा भारत लगायतका पुराना मित्रशक्तिको प्रेसरलाई समेत थेगेका देउवा अझै ओलीलाई बोक्न चाहान्छन् भन्ने उनको स्पष्ट संकेत पनि हो ।

यसबाहेक देउवा गठबन्धन टुटे पनि आफ्नो कारण टुटेको सन्देश प्रवाह नहोस् भन्नेमा सचेत देखिन्छन् । 

अघिल्लो पटक प्रचण्डले एकतर्फी गठबन्धन तोड्दा देउवाप्रति समर्थन र सद्भाव बढेको थियो भने ओलीले गठबन्धन तोडिहाले पनि लाभ देउवालाई नै पुग्नेछ ।

 

प्रकाशित : २४ बैशाख २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह