काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ६२.२५ अंकले बढेर दुई हजार ६७३.६९ विन्दुमा पुगेको छ ।
बैंकिङ ३८, विकास बैंक १२५, फाइनान्स १२६, होटल तथा पर्यटन १०१, हाइड्रोपावर ११०, जीवन बीमा ३१८, उत्पादन ८४, माइक्रोफाइनान्स १०३, निर्जीवन बीमा ३३०, अन्य ५५ र व्यापार उपसमूह २४ अंकले बढेको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, बुटवल पावर र ओम मेगाश्रीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज न्यादी हाइड्रोपावरको सेयर साढे ४ प्रतिशतले घटेको छ ।
यस दिन ३०८ कम्पनीको दुई करोड ७२ लाख कित्ता सेयर १० अर्ब ५१ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया