जबर्जस्ती करणीको जाहेरी पीडित स्वयं उपस्थित भई दर्ता गराएको आज दुई हप्ता पुग्दासमेत दुधौली नगरपालिका प्रमुख दिनेश अधिकारीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको भए पनि खोजी कार्यमा प्रहरीको सक्रियता नदेखिएको आवाज उठ्न थालेको छ।
वैशाख ११ गते बिहीबार पीडित पक्षले सिन्धुली जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको थियो। सो दिन मेयर अधिकारी दुधौलीमा विभिन्न उद्घाटन तथा शिलान्यास कार्यक्रममा व्यस्त थिए। तर गोप्य रूपमा दर्ता गरिएको जाहेरीको खबर तुरुन्तै मेयर अधिकारीसम्म पुगिसकेको थियो। पक्राउ पर्ने सूचना थाहा पाएलगत्तै उनी त्यहीँ दिन आफन्तको मलामी कार्यक्रममा समेत नगइ फरार भएका थिए।
यस्ता गम्भीर प्रकृतिका मुद्दामा जाहेरी र पक्राउ पुर्जीको सूचना आरोपित पक्राउ गर्नु अघि सार्वजनिक गरिंदैन। तर, पीडित जाहेरी लिएर प्रहरी कार्यालयको गेटमा पुगेको केही समयमै उक्त सूचना मेयर अधिकारीसम्म पुगिसकेको थियो।वैशाख ११ गते बिहीबार जाहेरी दर्ता भएको भए पनि, कानुनतः तत्कालै पक्राउ प्रक्रिया थालिनुपर्नेमा प्रहरीले ३ दिनपछि १४ गते आइतबार मात्रै पक्राउ पुर्जी लिएको देखिन्छ। स्रोतहरूका अनुसार, यो बीचको समय मेयरसँग मिलापत्र गर्न वा घटनालाई ‘सेटल’ गर्ने प्रयत्नस्वरूप दिएको हुन सक्ने आशंका छ।
यसरी कानुनको स्पष्ट उल्लंघन गर्दै आरोपीलाई पक्राउ हुनु अघि नै सूचना चुहाइएको घटनाले गम्भीर प्रश्न उठाएको छ — आखिर सूचना चुहाएर मेयरलाई भगायो कसले । प्रश्न उठेको छ।
सिन्धुली मंसिर ४ फेसबुकबाट
https://www.facebook.com/share/p/18pQo6UZCy/?mibextid=wwXIfr










प्रतिक्रिया