Logo

मुख्य समाचार

दोहोरो अंकले घटेको सेयर बजारमा ११ अर्ब ६५ करोडको कारोबार


GDP नेपाल
   २५ बैशाख २०८२, बिहिबार


काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से १२.०४ अंकले घटेर दुई हजार ६६१.६४ विन्दुमा पुगेको छ ।









बैंकिङ ११, विकास बैंक ३०, होटल तथा पर्यटन ९, हाइड्रोपावर १, माइक्रोफाइनान्स ६, निर्जीवन बीमा २२, अन्य ४२ र व्यापार उपसमूह ९१ अंकले घटेको छ ।
त्यस्तै, फाइनान्स १०४, जीवन बीमा १ र उत्पादन उपसमूह १२ अंकले बढेको छ ।


आज सिन्धु विकास बैंकको सेयर ४.१४ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेपनि आज
नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, छ्याङदी हाइड्रो र ओम मेगाश्रीको सेयर १० प्रतिशतले बढेको छ । 





यस दिन ३१५ कम्पनीको तीन करोड ७ लाख कित्ता सेयर ११ अर्ब ६५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २५ बैशाख २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह