Logo

अर्थनीति

योगमाया विश्वविद्यालय पदाधिकारीको सपथमा प्रधानमन्त्रीको ‘मर्यादाहीन आसन’


gdpnepal
   २८ बैशाख २०८२, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शनिवार बालुवाटारमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको पद तथा गोपनीयताको सपथ भयो ।

प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा नगरी सरकारी  निवास, बालुवाटारमा यस्तो कार्यक्रम आयोजना गर्नु आफैँमा कति उचित भन्ने बहस चलिरहेको बेला अर्को चर्चा सुरु भएको छ ।

विश्वविद्यालयका पदाधिकारीहरुको सपथ ग्रहणमा प्रधानमन्त्री ओलीको आसनको चर्चा सामाजिक सञ्जालमा चुलिएको छ । 

सामान्यतया अरुले शपथ ग्रहण गर्दा नजिकमा रहनेहरू आसनबाट उठ्ने गर्छन् तर ओली कुर्सीमा मडारिएर बसेका छन् । जसलाई अस्वाभाविक मानिएको छ ।

ओलीकै उपस्थितिमा विश्वविद्यालयका अध्यक्ष डा.अर्जुन कार्की, कुलपति प्रा.डा.रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले सपथ लिएका हुन् । 

नयाँ कानुनी व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई सपथ दिलाएका हुन् । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, शिक्षा मन्त्रालयका सचिव डा.दिपक काफ्लेलगायत उपस्थित थिए ।

तर, विद्वत वर्गसामु ओलीको बसाईले उनीहरूको अपमान भएको टिप्पणी गरिएको छ ।

 

प्रकाशित : २८ बैशाख २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह