Logo

अर्थनीति

रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढ्यो, नौ महिनामा ११ खर्ब ९१ अर्ब भित्रियो


GDP नेपाल
   २८ बैशाख २०८२, आइतबार


काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाहमा १० प्रतिशतले वृद्धि भएको हो ।


अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।


समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३०१ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११७४ अर्ब ५४ करोड रहेको थियो ।


समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३,५८,२२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २,४९,६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३,२७,८४२ र २,११,२२६ रहेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : २८ बैशाख २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह