Logo

अर्थनीति

विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब पुग्यो


GDP नेपाल
   २८ बैशाख २०८२, आइतबार


काठमाडौँ । विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको तथ्यांक अनुसार गत असार मसान्तसम्म २० खर्ब ४१ अर्ब बराबर रहेको विदेशी मुद्रा सञ्चिति १८ दशमलव नौ प्रतिशतले बढेर चैत मसान्तसम्म २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो ।
यस्तै नौ महिनासम्म चालू खाता दुई खर्ब १० अर्ब रुपैयाँले बचतमा रहेको छ ।

यस्तै शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब रुपैयाँले बचतमा रहेको छ ।
चालू आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात ६५ दशमलव दुई प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यस्तै नौ महिनामा कुल वस्तु आयात १२ दशमलव २ प्रतिशतले बढेर १३ खर्ब नौ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । योसँगै कुल वस्तु व्यापार घाटा ६ दशमलव चार प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।


यस्तै चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ३९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति चार दशमलव ६१ प्रतिशत रहेको थियो ।

प्रकाशित : २८ बैशाख २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह