Logo

बिजनेस होम

नेपालमा १४ सिटे जुबाओ ईभीः आर्क्स ग्रुपबाट स्वयम्भू हारती टुर्सलाई १८ भ्यान डेलिभरी


gdpnepal
   २९ बैशाख २०८२, सोमबार


काठमाडौं । आर्क्स ग्रुपले नेपालमा जुबाओ विद्युतीय भ्यान भित्र्याएको छ । कम्पनीले भित्र्याएका १४ सिटे विद्युतीय भ्यानप्रति प्रारम्भिक दिनमै व्यवसायीको आकर्षण बढेको पाइएको छ ।

आर्क्स ग्रुपले सोमबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी स्वयम्भू हारती टुर्स एण्ड ट्राभल्स प्रालिलाई १८ थान जुबाओ भ्यान हस्तान्तरण गरेको छ ।

जुबाओ ईभी थ्यान चीनको एफएडब्लू जिलिन् कम्पनीद्वारा उत्पादन गरिएको एक अत्याधुनिक इलेक्ट्रिक गाडी हो ।

जुबाओ विद्युतीय भ्यान विशेषगरी समूह यात्रा, शटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त रहेको जनाइएको छ ।

यो गाडीले वातावरणमैत्री र न्यून सञ्चालन खर्चका साथ यात्रामा आरामदायक सुविधा प्रदान गर्दछ । आर्क्स ग्रुपद्वारा नेपाली बजारमा उपलब्ध गराउँदै आएको यो भ्यान, हरित र दिगो यातायातको उत्कृष्ट विकल्प बनेको छ ।

जुबाओ ईभी भ्यान नेपाली बजारमा आर्क्स ग्रुपको पूर्ण प्रतिवद्धतासाथ प्रस्तुत गरिएको छ ।

प्रकाशित : २९ बैशाख २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह