Logo

अर्थनीति

बिपी राजमार्गमा सरकारको प्रभावकारी उपस्थिति: १४ घन्टामै सडक सुचारु !


gdpnepal
   ३० बैशाख २०८२, मंगलबार


काठमाडौं । सोमबार काभ्रेको पनौती क्षेत्रमा आएको अविरल वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग करिब १४ घन्टापछि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो । हाल सो स्थानमा अस्थायी संरचना बनाई दुईतर्फी सडक सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

बाढीले बगाएको डाइभर्सन पुरिएको छ भने खोला डाइभर्ट गरिएपछि यातायात सञ्चालन सम्भव भएको हो ।

अवरुद्ध सडक खुलाउन सडक विभागको ४ वटा जेसीबी, ५ वटा टिपर लगेर कल्भर्टहरू बगाएको ठाउँमा फिलिङ गरिएको थियो ।

सडकमा ठूलो क्षति भए पनि सरकारी निकायले तदारुकता देखाउँदा चाँँडै खुलेको स्थानीयवासी तथा चालकहरुले बताएका छन् ।

प्रकाशित : ३० बैशाख २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह