Logo

मुख्य समाचार

रविन्द्र मिश्र थप ५ दिन हिरासतमा, मिश्रको थुनाबारे आज सर्वोच्चमा सुनुवाइ


gdpnepal
   १ जेष्ठ २०८२, बुधबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाइलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालतले मिश्र र प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

तीनकुने घटनामा संलग्न रहेको आरोपमा मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन् । उनी गत चैत १५ गते पक्राउ परेका थिए । दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको थियो । 

आज रवीन्द्र मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएका भन्दै उनको श्रीमती सारिका कार्कीले सर्वोच्चमा रिट दायर गरेकी छन् । 

रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ । यस रिटको पेसी बुधबारका लागि तोकिएको छ ।

 

प्रकाशित : १ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह