काठमाडौं । कांग्रेस सांसद सुशीला थिङले बिहीबार संसदको शून्य समयमा रोचक कुरा सुनाइन् । सत्तारुढ दलको सचेतकसमेत रहेकी सांसद थिङले अविवाहित नागरिकको अधिकारका विषयमा आवाज उठाउँदा अन्य सांसदहरुले ताली बजाएर समर्थन गरे ।
बाबुआमा बितेपछि अविवाहित नागरिकको अभिभावक राज्य नै हुनुपर्नेमा राज्यले उल्टै बढी कर लिइरहेको भन्दै उनले यसलाई सच्याउन अर्थमन्त्रीसँग माग गरेकी हुन् ।
“के अविवाहितको कमाईमा बढी कर लिएर राज्य धनी हुने हो ?” भन्ने प्रश्न गर्दै सांसद थिङले भनिन्, “हो, भने हामी अझै बढी कर तिर्न तयार छौं नत्र राज्यले यसलाई सच्याउनुपर्छ ।”
सांसद थिङ अविवाहित छिन् ।










प्रतिक्रिया