काठमाडौं । ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको आइपीओ बाँडफाँट गरेको छ । गोलाप्रथामार्फत भएको बाँडफाँटमा ३९ हजार ७२६ जना आवेदकले १० कित्ताका दरले ३ लाख ९७ हजार १६१.३० कित्ता सेयर हात पारेका छन् ।
बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट नतिजा हेर्न सकिनेछ । कम्पनीले वैशाख ८ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर बिक्री गरेको थियो ।










प्रतिक्रिया