काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले समग्र अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले गृहकार्य गरिरहेको बताएका छन् ।
बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा प्रतिनिधि सभाको अर्थ समिति बैठकमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच सोमबार भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
ठूलो मात्रामा विदेशी रकम सञ्चीत हुँदा तरलता थुप्रिएको र अर्थतन्त्रमा त्यसले प्रभाव पारेको बताउँदै उनले आगामी दिनमा सबैभन्दा तल्लो वर्गलाई ऋण उपलब्ध गराउने र त्यसले केहि हदसम्म अर्थतन्त्र गतिशील हुन सहयोग गर्नसक्ने धारणा व्यक्त गरे ।
उनका अनुसार यतिबेला नेपालमा करिब १७/१८ अर्ब डलर विदेशी मुद्रा संञ्चीत रहेको छ ।
‘एकै व्यक्ति वा संस्थाले ठुलो मात्रामा ऋण पाउनु भन्दा सोहि ऋण धेरै जनाले पाउँदा पनि अर्थतन्त्र अझ बढी चलायमान हुन्छ । त्यसलै सबैभन्दा तल्लो बर्गले पनि ऋण पाओस भन्ने हाम्रो मनशाय हो,’ छलफलमा बोल्दै उनले भने ।
त्यस्ता बर्गको अवस्था बुझ्न आफु केही दिन पश्चिम नेपालको भ्रमणमा जान लागेको समेत उनले उल्लेख गरे ।
यतिबेला अधिकांश व्यवसाय राम्रोसँग नचलेको उदाहरण दिंदै उनले सोही कारण खराब ऋण बढ्दै गएको बताए ।
खराब ऋण बढ्नै जानुको मुख्य कारण अझैंपनि नेपालमा उद्यमशिलता बलियोगरी स्थापित नहुनुले भएको उनको भनाई छ ।
व्यवसायी असफल हुँदा खराब ऋण बढ्ने र त्यसले समग्र अर्थतन्त्रमा असर गर्ने बताउँदै उनले खराब ऋणलाई कम गर्ने र समग्र अर्थतन्त्र चलायमान बनाउन आफुले गृहकार्य गरीरहेको बताएका हुन् ।










प्रतिक्रिया