Logo

अर्थनीति

चेम्बर र आइएमएफका प्रतिनिधीबीच नेपालको आर्थिक अवस्थाबारे छलफल


GDP नेपाल
   २३ जेष्ठ २०८२, बिहिबार


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र अन्तर्राष्ट्रिय मुद्रा कोष  (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधीबीच नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका कठिनाई, आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल भएको छ ।

काठमाडौँको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मुलुकको औद्योगिक र व्यवसायिक वातावरण, कोभिड पछिको अर्थतन्त्र, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा केन्द्रीत भएर छलफल भएको हो ।


आईएमएफका प्रतिनिधीसँग चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको वर्तमान समस्यालाई सम्वोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट आएकाले निजी क्षेत्रमा आशा पलाएको बताए ।

उनले भने, ‘सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन र निजी क्षेत्रले दिएका सुझावका आधारमा नै आगामी अर्थिक वर्षको बजेट ल्याएको छ । बजेट समग्रमा सन्तुलित छ । कार्यान्वयनको पाटो प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छौँ ।’


६ प्रतिशतको आर्थिक वृद्धि गर्ने गरी ल्याईएको बजेटको लक्ष्य पुरा गर्नका लागि सोही अनुसारको सहजीकरण हुनेगरी मौद्रिक नीति आउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।
कोभिड १९ पछि अंगिकार गरिएका संकुचित नीतिहरुका कारण निजी क्षेत्रले धेरै ठूलो क्षति बेहोर्नुपरेको र वर्तमान आर्थिक शिथिलताको कारण पनि सोही नीतिहरु नै रहेको अध्यक्ष अग्रवालले बताए ।

मुलुकको अर्थतन्त्र केही दवावमा रहेपनि आगामी बजेटको प्रभावकारी कार्यन्वयन हुन सके अधिकांश समस्या सम्वोधन हुनेमा आफुहरु विश्वस्त रहेको अध्यक्ष अग्रवालले बताए ।
नेपालमा प्रचुर सम्भावना भएको भन्दै अध्यक्ष अग्रवालले उपयुक्त आर्थिक नीतिहरु अंगिकार गरिए उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन नहुने अध्यक्ष अग्रवालले बताए ।

आइएमएफ मिसन चिफ डा। सर्वात जाहान नेतृत्वको प्रतिनिधी मण्डललले चेम्बर पदाधिकारीहरुसँगको भेटमा नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका समस्या, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

प्रकाशित : २३ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह