काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ९.१४अंकले बढेर दुई हजार ७०३.९६ विन्दुमा पुगेको छ ।
बैंकिङ ४, विकास बैंक ६७, फाइनान्स ९७, जीवन बीमा ३४५ उत्पादन २८, निर्जीवन बीमा २७९ र अन्य उपसमूह ०.८७ अंकले बढेको छ । त्यस्तै, आज होटल तथा पर्यटन ५, हाइड्रोपावर २१, माइक्रोफाइनान्स १०० र व्यापार उपसमूह ५४ अंकले घटेको छ ।
आज नेपाल फाइनान्सको सेयर ९.९८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३११ कम्पनीको दुई करोड ४९ लाख कित्ता सेयर ९ अर्ब ६४ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया