Logo

राजनीति

भोटेकोशी बाढीमा बेपत्ता हुनेको संख्या १८ पुग्यो


GDP नेपाल
   २४ असार २०८२, मंगलबार


काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता हुनेको संख्या १८ जना पुगेको नेपाल प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिव ३ बजे चिनको एरियामा परेको अबिरल बर्षाको कारण भारी मात्रामा बाढी आई रसुवाको गोसाइकुण्ड गाउपालिका वडा नं.२ स्थित रसुवागढीमा साढे ११ बजेसम्म ३ जना प्रहरी कर्मचारी, ६ जना चिनिया नागरिक र ९ जना सर्वसाधारण वेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो ।

उक्त्त क्षेत्रमा १२० जना प्रहरी परिचालन गरिएको छ भने अहिलेसम्म २ जना सुरक्षाकर्मी र ७ जना सर्वसाधरणहरु गरी ९ जनाको उद्दार गरिएको छ ।

हालसम्म नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने चार्जिङ स्टेसनमा क्षति, ७/८ वटा इ।भि गाडिहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ ।

हाल रसुवा गोसाइकुण्ड गाउपालिका –५ पासाङल्हामु सडक खण्ड स्थितमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, रसुवा जिल्लाका सहायक जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार बाढीले रसुवागढीबाट चीन जोडिने नाकामा रहेको मितेरी पुल बगाएकोसँगै चीनसँगको व्यापार सम्बन्ध पुर्ण रुपमा टुटेको छ । उनका अनुसार बाढीको क्षति हेर्दा लामो समयसम्म नै व्यापार सम्पर्क टुट्न सक्ने देखिएको छ ।

 

प्रकाशित : २४ असार २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह