Logo

Banner-news

कोरोनाले चिनियाँ नआएपछि अन्तर्राष्ट्रिय व्यापार मेला र चेम्बर एक्स्पो रोकिए


GDP Nepal
   १८ फाल्गुन २०७६, आइतबार


काठमाडौं । नेपालमा हुने दुई ठूला व्यापार मेला चीनबाट फैलिएको नोबल कोरोना भाइरस संक्रमणका कारण रोकिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले चैतमा गर्ने भनिएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला र नेपाल चेम्बर अफ कमर्सले फागुनमा गर्ने भनिएको चेम्बर एक्स्पो दुवै रोकिएका छन् ।

चेम्बर अफ कमर्शले यसै सातादेखि भृकुटीमण्डपमा पाँचौं नेपाल चेम्बर एक्स्पो गर्ने तयारी गरिरहेको थियो । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार मेलामा विदेशीहरू आउन सहज नभएपछि मेला स्थगित गरिएको हो । मेलामा चीन, बैंकक, भारत लगायत झण्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागी गराउने तयारी भएको थियो ।

चैतको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न मिति घोषणा गरिसेकेको नेपाल उद्योग बाणिज्य महासंघले पनि केही समयका लागि मेला नगर्ने भएको छ । महासंघका अध्यक्ष भवानी राणाले कोरोनाकै भाइरसकै कारण मेला केही समयका लागि रोक्नुपरेको जानकारी दिइन् । “चीनबाट मात्रै ७०÷८० वटा स्टल आउने कुरा थियो त्यसैगरी बंगलादेश र भारतका पनि धेरै स्टल बुक थिए,” उनी भन्छिन्, “कोरोना भाइरसका कारण अहिले विदेशीहरूले कन्फरमेसन पठाएका छैनन् भने कपिपयले यो समयमा आउन नसक्ने बताएका छन् ।”

नेपालमा हुने यस्ता मेलामा पछिल्ला वर्ष चिनियाँ स्टलको अधिकतम सहभागिता रहन्छ । कोरोनाले चिनियाँ नआउने भएपछि आयोजकलाई मेलाबाट घाटा लाग्ने भएपछि स्थगित भएका हुन् । तर, ललितपुर उद्योग वाणिज्य संघले भने चैत अन्तिम साता एक्सपो गर्ने भएको छ ।

प्रकाशित : १८ फाल्गुन २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह