काठमाडौं । सरकारले बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यता विवादमा छानबिन गर्न समिति बनाएको छ ।
गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका ओझामाथि छानबिन समिति गठन भएसँगै उनी निलम्बित भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझाको योग्यताबारे छानबिन गर्न समिति बनाएको हो ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको उक्त समितिमा बिमा विज्ञ कपिल ओली र एकजना अर्थशास्त्री सदस्य रहेका छन् ।










प्रतिक्रिया