Logo

बिजनेस होम

मानव संशाधन सम्मेलन २०२५ सम्पन्नः होटल क्षेत्रमा जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण


gdpnepal
   ३१ असार २०८२, मंगलबार


काठमाडौं । होटल क्षेत्रमा जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको ठहर गर्दै मानव संशाधन सम्मेलन २०२५ सम्पन्न भएको छ ।

मंगलबार होटल संघ नेपालले नेपाल सरकार, इन्स्योर परियोजनाको आयोजनामा मानव संशाधन सम्मेलन २०२५ को आयोजना गरेको छ ।

कार्यक्रममा मुलुकमा बढ्दै गएको तारे होटलहरुको संख्या, भारतीय र चिनियाँ लगायत बढ्दो पर्यटक आगमनलाई स्तरीय सेवा प्रदान गर्ने परिप्रेक्ष्यमा विद्यमान नियम कानुन, अवस्था र वैदेशिक रोजगारीमा श्रम बजारमा बढ्दो आकर्षणले सिर्जना गरेको परिस्थितिबाट दक्ष जनशक्ति र उत्पादकत्व बढाउन राज्य र निजी क्षेत्रले गर्नुपर्ने सहकार्य बारे विस्तृत छलफल भएको थियो ।

उक्त कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले मुलुकले भोगिरहेको दक्षजनशक्ति अभावका बारेमा चर्चा गर्दै होटलहरु एक तिहाइ मात्र संचालनमा रहँदा पनि जनशक्ति अभाव हुनु विडम्बना नै रहेको बताए ।

यही विषयवस्तुहरुलाई उजार गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको उनको भनाइ छ ।

दक्ष जनशक्ति उत्पादनका लागि सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईले समय सापेक्ष पाठ्क्रमका साथै आवश्यकता अनुसारका पाठ्क्रमहरु निर्माणमा निजी क्षेत्रको सहयागको अपेक्षा गरे ।

कार्यक्रममा आतिथ्यता क्षेत्रमा भए गरेका नीति नियम, कानुन, प्रक्रिया र औद्योगिक सम्बन्धका बारेमा होटल संघ नेपालका कानुनी सल्लाहकार गान्धी पण्डितले प्रस्तुतिकरण गरे भने सोही कार्यक्रममा औद्योगिक प्रशिक्षार्थीबारेमा इन्स्योर परियोजनाका टिम लिडर रविन्द्र बहादुर सिंहले प्रस्तुतिकरण गरेका थिए ।

प्यानल सेसन मध्यस्थकर्ता संघका कोषाध्यक्ष युवराज श्रेष्ठसहित प्यानल छलफलमा उपस्थित नाथमका कार्यकारी निर्देशक संगिता ओझा, शिक्षा मन्त्रालयका उपसचिव सुरेशकुमार जोशी, श्रम मन्त्रालयका उपसचिव डम्बर सुनुवार, सीटीईभीटीका निर्देशक विनोद बडाल र निजी क्षेत्रको तर्फबाट मानव संशाधन निर्देशक खेम पौडेललाई मुलुकमा दक्ष जनशक्ति अभाव, वैदेशिक रोजगारी, वैदेशिक इन्टर्नसिप, समय सापेक्ष पाठ्यक्रमको अभावका बारेमा छुट्टा छुट्टै चर्चा गरी गहन छलफल भयो ।

भेलाले आतिथ्य उद्योगको मानव संशाधन क्षेत्रमा कार्यरत व्यवस्थापकहरुको ह्यान एचआर क्लब स्थापना गरी यस क्षेत्रको विकास र विस्तारमा एकीकृत ढंगमा कार्य गर्ने निर्णय गरेको छ।

 

प्रकाशित : ३१ असार २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह