Logo

बैंक / बिमा /शेयर

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९औं वार्षिकोत्सव सम्पन्न


GDP नेपाल
   ३ श्रावण २०८२, शुक्रबार


काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स सलिकोको २९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । कम्पनीले २९ वर्ष पूरा गरी ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो।

वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ।

सो अवसरमा कम्पनीले काठमाडौंमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरेको छ भने गण्डकी, लुम्बिनी र कोशी प्रदेश कार्यालयले मानव सेवा आश्रममा सहयोग हस्तान्तरण गरेका छन् । त्यस्तै, मधेश प्रदेश कार्यालयले आमाको माया छात्रावासमा बालबालिकालाई भोजन प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको छ।

२९औं वार्षिकोत्सवको अवसरमा कम्पनीले ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकहरूलाई आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, नायब महाप्रवन्धक कविराज पौडेल, दाबी विभाग प्रमुख सुवास दिक्षित लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित : ३ श्रावण २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह