काठमाडौं । चीनले नियन्त्रणमा लिइसकेको दावी गरेको कोरोना भाइरसको सम्भावित संक्रमणले संसारकै शक्तिशाली मुलुक अमेरिकालाई पनि गाँजेको छ । युरोपमा डढेलोजसरी फैलिएको कोरोना आफ्नो मुलुकमा नभित्रियोस् भनेर अमेरिकाले युरोपबाट सिधा हवाई उडानमा प्रतिबन्ध लगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीबार टेलिभिजन सम्बोधन गर्दै कोरोनाभाइरस (कोभिड १९) को सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका निम्ति रोक लगाएका छन्।
यद्यपि, अमेरिकाले लागू गरेको यस्तो नियम ब्रिटेनको हकमा भने लागू हुने छैन । युरोपेली मुलुकहरुमा समस्या जटिल बन्दै गएपछि अमेरिकाले कठोर निर्णय लिएको हो । इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ।
जर्मन चान्सलर एन्जेला मर्केलले कोरोनाभाइरसबाट ७० प्रतिशतसम्म जर्मन नागरिक सङ्क्रमित हुनसक्ने जनाएकी छन् ।
प्रतिक्रिया