Logo

अर्थनीति

निर्यात ८१ प्रतिशतले बढ्दा व्यापार घाटा १५ खर्ब २७ अर्ब


GDP नेपाल
   ७ श्रावण २०८२, मंगलबार


काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपालको वैदेशिक व्यापारघाटा १५ खर्ब २७ अर्ब पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा १ खर्बभन्दा बढीले वृद्धि भएको हो।


नेपालले वैदेशिक व्यापार घाटा २०८०/८१ मा १४ खर्ब ४० अर्ब व्यहोरेकोमा २०८१/८२ मा १५ खर्ब २७ अर्ब व्यापार घाटा व्यहोरेको छ। अघिल्लो वर्षको तुलनामा यो व्यापार घाटा ६ प्रतिशतले बढेको हो।


नेपालले खासगरी, भारत, चीनलगायतका देशहरुसँग ठूलो मात्रामा वैदेशिक व्यापारमा घाटा व्यहोर्दै आएको छ। परनिर्भरताले सीमा नाघ्दा सियोदेखि सुनसम्म नेपालले विदेशबाट आयात गर्दै आएको छ।
नेपालले २०८१/८२ मा २० खर्ब ८ अर्बको वैदेशिक व्यापार गरेको थियो।

भन्सार विभागका अनुसार १८ खर्ब ४ अर्बको वस्तु आयात भएको छ। यो आयात अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढेको छ।
यस्तै, निर्यात वृद्धिले रेकर्ड तोडेको छ। २०८१/८२ मा नेपालले २ खर्ब ७७ अर्बको वस्तु निर्यात गरेको छ। यो निर्यात अघिल्लो आ.व.को तुलनामा ८१ दशमलव ८० प्रतिशतले बढी हो। अघिल्लो आ।व। २०८०/८१ मा १ खर्ब ५२ अर्बको मात्रै वस्तु निर्यात गरेको थियो।

प्रकाशित : ७ श्रावण २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह