काठमाडौँ । दरमखोला हाइड्रो इनर्जी कम्पनीले साउन १५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँको दरमा २४ लाख २३ हजार एक सय ८५ कित्ता आइपीओ जारी गर्न लागेको हो।
कम्पनीको सेयरमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ। सेयर बिक्री खुला साउन १९ गतेसम्म हुनेछ। सो समयमा पनि सेयर बिक्री नभए साउन २९ सम्म आवेदन खुला हुनेछ। यसअघि पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरेको थियो।
कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरूका लागि १ लाख ४५ हजार ९७५ कित्ता सेयर सुरक्षित गरेको छ।










प्रतिक्रिया