Logo

Banner-news

प्रदेश २ मा जनलोकपाल विधेयक पारित, संघीय सरकार भने चाहँदैन यस्तो कानुन !


GDP Nepal
   २ चैत्र २०७६, आइतबार


काठमाडौं । सुशासन र सदाचारका लागि मुलुकमा जन लोकपाल विधेयकको माग भइरहेको छ । तर, संघीय सरकारले संसदभित्रै उठेको यस्तो आवाजको समेत सुनुवाई गर्न सकेको छैन भने संसदबाहिर पनि यो विधेयकको माग भइरहेको छ ।

संघीय सरकारले बेवास्ता गरे पनि प्रदेश नं २ को सरकारले यस्तो विधेयक ल्याएको छ । प्रदेश २ प्रदेशसभाको शनिबारको बैठकले प्रदेशमा सुशासन कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मतले पारित गरेको हो ।

प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेशमा भ्रष्टाचार, ढिलासुस्तीजस्ता अनियमितता रोक्नका लागि सो विधेयक सर्वसम्मतले पारित भएको जनाइएको छ ।

प्रदेशसभाबाट पारित सो विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भई राज्यपत्रमा प्रकासित भएपछि प्रदेश ‘जनलोकपाल ऐन २०७६’ को नाउँले कार्यान्वयनमा आउने छ ।

प्रदेशले यस्तो कानुन बनाएसँगै संघीय सरकारमाथि दबाब भने बढेको छ ।

प्रकाशित : २ चैत्र २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह