Logo

Banner-news

होटललाई अस्थायी हस्पिटल वा क्वारेन्टाइन बनाउन व्यवसायी तयार !


GDP Nepal
   ४ चैत्र २०७६, मंगलबार


काठमाडौं । होटल व्यवसायीहरुले कोरोना भाइरस भित्रन नदिन तथा भित्रिहालेमा फैलन नदिन सरकारले गरेको सबै प्रयासमा समर्थन गर्ने भएका छन् । होटल संघ नेपालको क्षेत्रीय संघ भैरहवाले सरकारले आवश्यक ठाने होटललाई अस्थायी हस्पिटलको रूपमा परिणत गरी क्वारेन्टाइनको रूपमा प्रयोग गर्न दिनसमेत आफुहरू तयार रहेको जनाएको छ ।

सिद्धार्थ होटल संघ (सान)ले संस्थागत निर्णय गरेर नै सरकारलाइ जस्तोसुकै सहयोग गर्न तयार भएको जनाएको हो । संघका अध्यक्ष चन्द्रप्रकास (सिपी) श्रेष्ठका अनुसार कोरोनाले पर्यटन क्षेत्र नै समाप्त हुने अवस्था सिर्जना भए पनि राज्यप्रतिको दायित्व पूरा गर्न यस्तो निर्णय गरिएको जानकारी दिए ।

सानले बैंकको मासिक किस्ता (साँवा, ब्याज) तिर्न नसकिने भन्दै बैंक किस्ता तिर्नुपर्ने अवधि जरिवानारहित गरी कम्तिमा ६ महिना लम्ब्याउनु पर्ने माग गरेको छ । यस्तै, यो अवधिको ब्याज मिनाहा गर्नुपर्ने, राजस्व कार्यालयमा बुझाउनु पर्ने मूल्य अभिवृद्धी कर (भ्याट) लगायतका विवरण बुझाउने अवधि जरीवाना नलाग्ने गरी २०७८ असार मसान्त भित्र गर्नुपर्र्ने माग पनि गरेको छ ।

होटल रिसोर्ट नचले पनि विद्युत् प्राधिकरणलाई बुझाउनु पर्ने न्युनतम डिमान्ड चार्ज छुट गर्नुपर्ने माग पनि राखेको छ ।

यता, कोरोना भाइरस संक्रमणको त्राससँगै पर्यटन व्यवसायमा प्रतिकुल असर परेको छ । देशैभरका तारे होटल तथा पर्यटकीय रिसोर्टमा होटल अकुपेन्सी १० प्रतिशतभन्दा कममा झरेको होटल व्यवसायीहरूले बताएका छन् ।
सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको छलफलमा होटल व्यवसायीहरूले यस्तो जानकारी दिएका हुन् ।

छलफल कार्यक्रममा होटल व्यवसायीहरूले कोरोना भाइरस संक्रमणको त्रासका कारण मासिक झण्डै दुई अर्ब रुपैयाँ घाटा बेहोरिसकेको पनि बताए ।
होटल संघ नेपाल (हान)ले संक्रमणको सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि होटल व्यवसायी संकटमा परेको बताएको हो ।

संघकी अध्यक्ष सिर्जना राणाले संक्रमणको त्रासका कारण होटल क्षेत्रले मासिक करिब १ अर्ब ८० करोड घाटा बेहोरिरहेको बताइन् । उनले पछिल्लो दिनमा पर्यटक आगमन घटेपछि होटलको अकुपेन्सी १० प्रतिशत भन्दा कम रहेको भन्दै होटल अकुपेन्सी ४० प्रतिशत भन्दा कम भए घाटा हुने जानकारी गराइन् ।

प्रकाशित : ४ चैत्र २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह