काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से २६.२२ अंकले घटेर दुई हजार ७९६.२४ विन्दुमा पुगेको छ ।
बैंकिङ १३, विकास बैंक ४४, फाइनान्स ३९, हाइड्रोपावर ४६, जीवन बीमा १४१, उत्पादन ७६, माइक्रोफाइनान्स ७९, निर्जीवन बीमा १०२, अन्य १६ र व्यापार उपसमूह ३६ अंकले घटेको छ । त्यस्तै, आज होटल तथा पर्यटन उपसमूह भने ९१ अंकले बढेको छ ।
आज सिक्लेश हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सिटी होटलको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३२३ कम्पनीको एक करोड ७६ लाख कित्ता सेयर ६ अर्ब ९१ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया