Logo

बैंक / बिमा /शेयर

लक्ष्मी सनराइज बैंकको नाफा ४ अर्ब १२ करोड


GDP नेपाल
   ३० श्रावण २०८२, बिहिबार


काठमाडौँ । गत आर्थिक वर्षमा लक्ष्मी सनराइज बैंकले ४ अर्ब १२ करोड नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष तुलनामा बैंकको नाफा ४०.९७ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ३७ करोड बराबर रहेको छ। कमिसन तथा शुल्कतर्फको आम्दानी २ अर्ब १८ करोड गरेको बैंकले सञ्चालन तथा कर्मचारी खर्चमा ५ अर्ब ४४ करोड रुपैयाँ खर्चेको छ । बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ३ अर्ब करोड रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १६.९१ रुपैयाँ पुगेको छ।
बैंकको निष्क्रिय कर्जा ४.२५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो दर ४.६३ प्रतिशत रहेको थियो ।

बैंकको पुँजीकोष अनुपात १२.७३ प्रतिशत, कस्ट अफ फण्ड ४.४७ प्रतिशत, बेसरेट ६.५० प्रतिशत र ब्याजको स्प्रेडदर ३.५१ प्रतिशत रहेको छ ।

प्रकाशित : ३० श्रावण २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह