Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकका ग्राहकलाई इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँ दिल्लीमा विशेष छुट


GDP नेपाल
   ३१ श्रावण २०८२, शुक्रबार


काठमाडौं । कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पोरेशन लिमिटेड) नयाँ दिल्लीबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।


उक्त सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई सेवा सुविधामा अधिकतम १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ ।


कुमारी बैंक स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै, देशभर रहेका ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकलाई सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : ३१ श्रावण २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह