काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ३.०२ अंकले घटेर दुई हजार ६०६.६७ विन्दुमा पुगेको छ ।
बैंकिङ ९, विकास बैंक ६, फाइनान्स १३, होटल तथा पर्यटन १६, माइक्रोफाइनान्स १४ र अन्य उपसमूह ५ अंकले घटेको छ । त्यस्तै, आज हाइड्रोपावर ४, जीवन बीमा ६५, उत्पादन ४९, निर्जीवन बीमा ६ र व्यापार उपसमूह १५ अंकले बढेको छ ।
आज सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर सबैभन्दा धेरै ५.१६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज अप्पर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रीटेक र झापा इनर्जीको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३३१ कम्पनीको एक करोड एक लाख कित्ता सेयर ४ अर्ब ६६ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया