काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से ६.५५ अंकले घटेर दुई हजार ७१९.७७ विन्दुमा पुगेको छ ।
बैंकिङ ४, विकास बैंक २२, फाइनान्स ८, होटल तथा पर्यटन ४४, हाइड्रोपावर १, जीवन बीमा ५०, उत्पादन १४, माइक्रोफाइनान्स ८, निर्जीवन बीमा १३ र अन्य १३ अंकले घटेको छ । त्यस्तै, व्यापार उपसमूह भने २३ अंकले बढेको छ।
आज बाराही हाइड्रोपावरको सेयर ३.८३ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज हिमस्टार उर्जाको सेयर ९.९८ प्रतिशतले बढेको छ ।
यस दिन ३१७ कम्पनीको एक करोड २७ लाख कित्ता सेयर ५ अर्ब १४ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया