Logo

बैंक / बिमा /शेयर

माछापुच्छ्रे बैंकको २७ औं वार्षिक साधारण सभा असोज १० गते


GDP नेपाल
   २० भाद्र २०८२, शुक्रबार


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभा आगामी असोज १० गते पोखरामा बस्दैछ । विहीबार बसेको बैंकको बैठकले पोखरास्थित होटल ग्राण्ड पोखरामा २७ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा बैंकले प्रस्ताव गरेको गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट ८ प्रतिशत लाभांश पारित गर्नेछ । यसमध्ये ४ प्रतिशत बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश हुनेछ । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको बैंकले यसअघि ०७९/८० को मुनाफाबाट भने १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यसपटकको साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा नियुक्त व्यक्तिलाई अनुमोदन गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरण, चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँ बराबरका अविमोच्य असञ्चिति अग्राधिकार शेयर ८.२५ प्रतिशत ब्याजदरमा जारी गर्ने प्रस्ताव पनि अघि सारेको छ । अग्राधिकार शेयर जारीपछि पूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेस हुनेछ ।

प्रकाशित : २० भाद्र २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह