Logo

अर्थनीति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा


GDP नेपाल
   २५ भाद्र २०८२, बुधबार


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । मंगलबार मध्याह्नदेखि बन्द भएको विमानस्थल बुधबार अपराह्नदेखि सञ्चालनमा आएको हो ।

बुधबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयअनुसार पुनः सञ्चालन गर्ने निर्णय भएको विमानस्थल कार्यालयले जनाएको हो ।

यसअघि विषम परिस्थिति भन्दै कार्यालयले अनिश्चितकालका लागि विमानस्थल बन्द गर्ने निर्णय गरेको थियो । विमानस्थल आवागमन गर्ने यात्रुलाई आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।

‘हवाई उडानका लागि विमानस्थलमा आवागमन गर्नुहुने यात्रु महानुभावहरूले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन हुन समेत अनुरोध छ,’ कार्यालयको सूचनामा भनिएको छ ।

प्रकाशित : २५ भाद्र २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह