Logo

Banner-news

मन्त्रिपरिषद् निर्णयः लकडाउन थपियो, गभर्नरमा अधिकारी र संसद अधिवेशन अन्त्य !


GDP Nepal
   २४ चैत्र २०७६, सोमबार


काठमाडौं । सोमबारको मन्त्रिपरिषद बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ । जसअनुसार लकडाउनको समयावधि एक साता थपिएको छ भने नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । यस्तै, संसदको चालू अधिवेशन अन्त्य हुने भएको छ ।

सरकारले कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै दुई सातादेखि अत्यावश्यक सेवाबाहेक घरबाहिर हिँडडुल र आवातजावतमा लगाइएको प्रतिबन्धलाई वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको जनाइएको छ ।

यस्तै, राष्ट्रियसभा र प्रतिनिधिसभाको जारी अधिवेशन पनि अब अन्त्य गर्न सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

यसैबीच, मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । पूर्व डेपुटी गभर्नर रहेका उनी हाल राष्ट्रिय लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् ।

प्रकाशित : २४ चैत्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह