Logo

बैंक / बिमा /शेयर

असोजका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?


GDP नेपाल
   ३१ भाद्र २०८२, मंगलबार


काठमाडौँ । असोज महिनाका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन् । भदौको तुलनामा असोज महिनामा बैंकको ब्याजदर ०.११ प्रतिशतविन्दुले घटेको हो ।

असोजका लागि ९ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्।

प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ०.५ प्रतिशतविन्दुले ब्याज दर घटाएका छ भने सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतले ब्याजदर घटाएका छन् । त्यस्तै, कुमारी बैंकले ०.२ प्रतिशत, कृषि विकास बैंक र नेपाल बैंकले ०.१५ प्रतिशत र नेपाल एसबिआई बैंकले ०.०७ प्रतिशतले ब्याजदर घटाएका छन् ।

लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने असोजका लागि ब्याजदर बढाएका छन् । लक्ष्मी सनराइजले ०.२५ प्रतिशतविन्दु र स्ट्याण्डर्ड चार्टर्डले ०.०५ प्रतिशतविन्दुले ब्याजदर बढाएका हुन्।


असोज महिनामा सबैभन्दा कम ब्याज कुमारी बैंकले दिने भएको छ । यो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५।०१ प्रतिशत ब्याज दिनेछ। व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर भने ६ प्रतिशत कायम भएको छ।
एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंकले ६ प्रतिशत दरमा ब्याज दिनेछन्। यस्तै, संस्थापक मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि ०.०८८५ प्रतिशतविन्दुले घटेको छ।
यस अवधिमा ७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने १३ वाणिज्य बैंकले भदौ महिनाकै दरलाई असोजमा पनि निरन्तरता दिनेछन् ।

असोज महिनामा संस्थागत मुद्दति निक्षेपमा ब्याज दर सबैभन्दा बढी प्राइम कमर्सियल बैंकले घटाएको छ ।
यो बैंकले ०.३५ प्रतिशत बिन्दुले ब्याज दर घटाउँदा सानिमा बैंक र एनआइसी एशिया बैंकले ०.२५ प्रतिशतले घटाएको छ । त्यस्तै, एभरेष्ट र नेपाल बैंकले ०.५ प्रतिशतले ब्याज घटाएको छ भने कृषि विकास बैंकले ०.१५ प्रतिशतले बढाएको छ । यता, नेपाल एसबिआई बैंकले भने ०.०७ प्रतिशतले घटाएको छ । बाँकी ११ वटा बैंकले संस्थागत ब्याज दर यथावत राखेको छ ।

प्रकाशित : ३१ भाद्र २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह