काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडिया र सामाजिक सञ्जालमा उठेका भ्रष्टाचारका टिप्पणीलाई बेमौसमी बाजाको सज्ञा दिएका छन् । संकटका बेला सरकारलाई साथ नदिएको भन्दै उनले सामाजिक सञ्जाल प्रयोगकर्ता र मिडियालाई दोषारोपण गरेका हुन् ।
प्रधानमन्त्रीले भ्रष्टारविरुद्ध आफ्नो पुरानो प्रतिवद्धता दोहोर्याउँदै आशंका नगर्न आग्रह गरे । सरकारका काम कारवाही सुरु नहुँदै भ्रष्टाचारको आशंका गरेर कामै गर्न नदिइएको उनको भनाइ छ ।
उनले लकडाउन निर्विकल्प भएकाले मानव अधिकारको प्रश्न नउठाउन चेतावनी पनि दिए ।
मंगलबार देशवासीका नाउँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन् । कोरोना संकट सुरु भएयता उनको यो दोस्रो सम्बोधन हो ।
प्रतिक्रिया