काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ११.५१ अंकले घटेर दुई हजार ६६३.५१ विन्दुमा पुगेको छ ।
बैंकिङ ११, विकास बैंक २८, फाइनान्स २, होटल तथा पर्यटन १०, हाइड्रोपावर २४, जीवन बीमा १०१, उत्पादन ३७, माइक्रोफाइनान्स ३० र निर्जीवन बीमा उपसमूह ३६ अंकले बढेको छ । त्यस्तै, अन्य ३ र व्यापार उपसमूह ५० अंकले घटेको छ।
आज ग्लोबल आइएमई समुन्नत योजना २ को सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सिक्लेश हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१४ कम्पनीको ७५ लाख कित्ता सेयर २ अर्ब ९३ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया