Logo

Banner-news

ग्यासको अनुदान हटाएर इन्डक्सन चुलोलाई, भाडामा बस्नेले पनि महशुल छुट पाउने !


GDP Nepal
   २९ चैत्र २०७६, शनिबार


काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले एलपी ग्यासमा उपभोक्ताले पाउँदै आएको अनुदान हटाएर इन्डक्सन चुलो प्रयोग गर्नेलाई विद्युत् महशुलमा छुट दिइने बताएका छन् ।

सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै मन्त्री पुनले आयातित ग्यासमा प्रतिसिलिण्डर ३ सय रुपैयाँका दरले अनुदान दिँदा पनि वार्षिक ९ अर्ब रुपैयाँ खर्च भइरहेको र त्यो रकम बराबर विद्युत् महशुलमा अनुदान दिनसकिने बताए ।

नेपालले बर्सेनि ६४ अर्ब रुपैयाँबराबरको एलपी ग्यास आयात गरिरहेको छ । यसलाई विस्थापन गरी स्वदेशमै उत्पादित बिजुली प्रयोग गर्ने र यसका लागि इन्डक्सन चुल्हो प्रयोग गर्नेलाई नै केन्द्रमा राखेर थप कार्यक्रम ल्याइने मन्त्री पुनले जानकारी दिए ।

सरकारले इन्डक्सन चुल्हो आयातमा पनि भन्सार छुट दिने निर्णय गरेको छ । अहिलेको विशिष्ट अवस्थामा १५० यूनिटसम्म विद्युत् प्रयोग गर्ने सबैजसो गार्हस्थ्य उपभोक्तालाई छुट दिइएको उनले बताए ।

उनी भन्छन्– इन्डक्सन चुल्हो प्रयोग गर्ने तह भनेको १०० देखि १५० यूनिट नै हो । त्यो घर परिवारलाई विद्युत् महसुलसमेत सस्तो गर्ने प्रस्ताव समेत गरिसकेका छौँ । त्यसो गर्दा, हामी आफैँले उत्पादन गरेको विद्युत् प्रयोग हुन्छ ।

ऊर्जामन्त्रस्ले भाडामा बस्नेले समेत यो सुपिधा पाउने बताए । भाडामा बस्नेले सहायक मिटर लिएको त हुने तर मुख्य ग्राहकको मिटरबाटै अध्ययन गर्ने अहिलेको व्यवस्था रहेको र त्यसमा १५० यूनिटमा २५ प्रतिशत छुट पाउनुपर्ने उनको भनाइ छ ।

घरबेटीले थप चार्ज लगाउने अवस्था नरहने र त्यसलाई कानूनी विषय नै बनाइने उनले प्रतिबद्धता जनाए । उनले भने– सरकारले दिएको छुट कोठामा बस्नेले पनि पाउनु नै पर्छ । व्यवस्था यही हो ।

सरकारसँग भएको ६ हजार बढी इन्डक्सन चुल्हो बिक्री भइसेकेको र निजी क्षेत्रसँग झण्डै २० हजार बराबरको इन्डक्सन चुल्हो रहेकाले उपभोक्ताको रुचि बढेको उनको भनाइ छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही चुल्हो ल्याउने तयारी गर्दैछ ।

प्रकाशित : २९ चैत्र २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह