Logo

मुख्य समाचार

विपीन जोशी मृत भन्न नमिल्नेः जीवित वा मृत रहेको दुवै प्रमाण भेटिएन !


gdpnepal
   २७ आश्विन २०८२, सोमबार


काठमाडौं । दुई वर्षअघि हमासले इजरायलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको वा उनको मृत्यु भएको सम्बन्धी कुनै प्रमाण फेला नपरेको इजरायली सेनाले जनाएको छ ।

जोशी ‘जीवित रहेको प्रमाण फेला नपरेको’ औपचारिक जानकारी इजरायली सेनाले गराएको नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए ।

इजरायली सेनाले विपीनको परिवारलाई पनि औपचारिक जानकारी दिएको छ ।

हमासले उपलब्ध गराएको सूची इजरायल डिफेन्स फोर्सेस आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नपाएको भनी कलमार्फत् जानकारी दिएको पण्डितले बताए ।

हमासले बन्धकमध्ये ४८ जना अझै गाजामा रहेका र तीमध्ये केवल २० जना जीवित भएको ठानिएको छ । इजरायल र हमासबीच युद्धविराम भएपछि सोमवारदेखि बन्धकहरू मुक्त गर्ने तयार गरिएको छ ।

तर विपिन जोशी जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा नभएको राजदूत पण्डितले बताए । जोशीका विषयमा चामत्कारिक रूपमा केही आए मात्र थप भन्न सकिने उनको भनाइ छ ।

प्रकाशित : २७ आश्विन २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह