काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १९.४३ अंकले घटेर दुई हजार ५२८.१६ विन्दुमा पुगेको छ ।
बैंकिङ ११, विकास बैंक ५४, फाइनान्स ३१, होटल तथा पर्यटन ६७, हाइड्रोपावर ५६, जीवन बीमा १२१, उत्पादन ७०, माइक्रोफाइनान्स ३८ र निर्जीवन बीमा उपसमूह ११८ अंकले घटेको छ । समग्रमा बजार घटेपनि आज अन्य १८ र व्यापार उपसमूह ५५ अंकले बढेको छ।
आज समाज लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज शुभम पावर र गरिमा विकास लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१७ कम्पनीको ७४ लाख कित्ता सेयर ३ अर्ब ३६ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया