Logo

सेयर बजार

शिव श्री हाइड्रोपावरको सेयर लिलामीमा


GDP नेपाल
   २१ कार्तिक २०८२, बिहिबार


काठमाडौँ । शिव श्री हाइड्रोपावर लिमिटेडको सेयर लिलामी बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारण समूहको ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद सेयर आजदेखि लिलामीमा ल्याएको हो ।

उक्त सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी र संघसंस्थाले आवेदन दिन सक्नेछन् । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा आवेदन दिंदा कम्तीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने कुनै संख्यामा वा सम्पूर्ण कित्ता माग गरी कात्तिक २७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।


बोलपत्र डिल्लीबजारस्थित ९बिक्री प्रबन्धक० सिटिजन्स क्यापिटल लिमिटेड र सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत जनकपुर ९भानुचोक०, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा ९न्यूरोड०, बुटवल ९पाल्पा रोड० र हेटौंडा शाखा कार्यालयमा बुझाउन सकिनेछ ।

प्रकाशित : २१ कार्तिक २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह