Logo

बैंक / बिमा /शेयर

राष्ट्र बैंकको कारबाहीमा परे दुई वाणिज्य बैंक


GDP नेपाल
   २५ कार्तिक २०८२, सोमबार


काठमाडौँ । दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नियमविपरीत काम गरेको बताउँदै राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई सचेत गराएको हो ।

कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्तिको खातामा कारोबार गराएको उल्लेख छ । कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ । यही व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंकले कुमारी बैंकलाई सचेत गराएको हो ।


त्यस्तै, नियमबमोजिम कर्जा वर्गीकरण नगरेको भन्दै राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकलाई कारबाहीस्वरुप सचेत गराएको छ । यस बैंकले केही कर्जालाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको जनाएको छ ।

प्रकाशित : २५ कार्तिक २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह