काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ९.७८ अंकले बढेर दुई हजार ५५०.३६ विन्दुमा पुगेको छ ।
बैंकिङ १, विकास बैंक ७८, फाइनान्स १२, होटल तथा पर्यटन ६८, हाइड्रोपावर २८, जीवन बीमा ८१, उत्पादन ३८, माइक्रोफाइनान्स १६ र व्यापार उपसमूह ३ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा १० र अन्य उपसमूह ११ अंकले घटेको छ ।
आज बन्दिपुर केबलकार, सागर डीष्टिलरी, बुंगल हाइड्रो र झापा इनर्जीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज भूगोल इनर्जीको सेयर ९.९९ प्रतिशतले घटेको छ ।
यस दिन ३३५ कम्पनीको ८८ लाख कित्ता सेयर ३ अर्ब ९४ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया