Logo

बैंक / बिमा /शेयर

अर्थमन्त्रीकाे गलत नीतिले बजेटपछिका ४ दिनमै सेयर लगानीकर्ताको ७४ अर्ब स्वाहा


appharu
   २१ जेष्ठ २०७५, सोमबार


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको गलत नीतिका कारण सेयर बजार ओरालो लाग्दा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएपछिका ४ दिनमै सेयर लगानीकर्ताको करिब ७४ अर्ब रुपैयाँ स्वाहा भएको छ ।

बजेट भाषण भन्दा एकघन्टाअघि १३२७.२१ अंकमा बन्द भएको नेप्से त्यसको भोलिपल्ट जेठ १६ गते ४.९४ अंक घट्यो भने साताको अन्तिम कारोबारको दिन जेठ १७ गते १४.६१ अंकले घट्यो ।

यो साताको पहिलो कारोवारको दिन जेठ २० गते ३७.७१ अंकले घटेको बजार आज जेठ २१ गते सोमबार पनि ५.११ अंकले घट्यो । यो चार कारोबार दिनमा नेप्से परिसूचक कूल ६२.३७ अंक वा ४.७० प्रतिशतले घटेको छ ।

सोमबरा बजार बन्दा हुँदा नेप्से परिसूचक १२६८.४४ अंकमा छ ।

 

विश्लेषक राजु नेपाल

सेयर बजारका सुक्ष्म अध्येता तथा पूर्व बैंकर राजु नेपालका अनुसार नेपालको सेयर सूचकांक एक अंक बराबर करिब १ अर्ब १८ करोड रुपैयाँ हुन्छ । यस अर्थमा बजेट भाषणदेखि अहिलेसम्म पूँजी बजारले करिब ७३ अर्व ६० करोड रुपैयाँ गुमाइसकेको छ ।

नेपाल भन्छन्, “यसको सिधा अर्थ बजेटलाई निजी क्षेत्रले गरेको अस्वीकार हो ।” उनका अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभाव एकैसाथ हुँदा त्यस्ले अर्थतन्त्रमा पार्ने नकारात्मक असर थप गहिरिने छ ।

प्रकाशित : २१ जेष्ठ २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह