काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३९.९२ अंकले बढेर दुई हजार ६००.२२ विन्दुमा पुगेको छ ।
बैंकिङ १८, विकास बैंक ९८, फाइनान्स ३६, होटल तथा पर्यटन १०४, हाइड्रोपावर ४४, जीवन बीमा ३२५, उत्पादन ११५, माइक्रोफाइनान्स ८८, निर्जीवन बीमा २०९, अन्य २७ र व्यापार उपसमूह ९ अंकले बढेको छ ।
आज सागर डीष्टिलरी, बन्दिपुर केबलकार र झापा इनर्जीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज पिपुल्स हाइड्रोपावरको सेयर ७.६५ प्रतिशतले घटेको छ ।
यस दिन ३३४ कम्पनीको एक करोड ३३ लाख कित्ता सेयर ६ अर्ब २८ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया