काठमाडौं । चालू आर्थिक वर्ष (२०८२–८३)को पहिलो चार महिनामा मुलुकले वैदेशिक व्यापारमा ५ खर्ब १५ अर्ब व्यापारघाटा व्यहोरेको छ ।
भन्सार विभागका अनुसार कात्तिक महिनासम्म नेपालले ६ खर्ब ९ अर्ब ४५ करोडको बस्तु आयात गर्दा ९३ अर्ब ४९ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।
विभागका अनुसार आयात १८.७१ प्रतिशतले बढेको हो भने निर्यात ७७.५१ प्रतिशतले बढेको छ ।
आयात र निर्यातमा वृद्धिसँगै कूल वैदेशिक व्यापार पनि २४.१८ प्रतिशतले बढेर ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ४२.९४ प्रतिशत बढेर १३.३ प्रतिशत पुगेको विभागले जनाएको छ ।










प्रतिक्रिया