Logo

मुख्य समाचार

सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


GDP नेपाल
   ११ मंसिर २०८२, बुधबार


काठमाडौं । सोलु हाईड्रोपावर लिमिटेडको आईपीओका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रहेका नेपालीका लागि मंसिर ७ गतेदेखि कुल ४ करोड १० लाख कित्ता शेयर जारी गरेको थियो । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन बन्द हुने मिति छिटोमा मंसिर २१ र ढिलोमा पुस ७ सम्म रहनेछ ।

कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृत पाएका २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता साधारण शेयरमध्ये प्रभावित क्षेत्रका लागि १ करोड कित्ता र विदेशमा रहेका नेपालीका लागि १० लाख कित्ता शेयर छुट्याएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् । आवेदन आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’ मार्फत दिन सकिन्छ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् ।

प्रकाशित : ११ मंसिर २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह