Logo

अर्थनीति

चीनमा पहिलो ठूलो सुन भण्डार फेला


gdpnepal
   १३ मंसिर २०८२, शुक्रबार


एजेन्सी । चीनले हालै आफ्नो पहिलो ठूलो, कम–ग्रेडको सुन भण्डार पत्ता लगाएको छ । देशको प्राकृतिक स्रोत मन्त्रालयका अधिकारीहरूले ठूलो सुन भण्डार पत्ता लगाएको पुष्टि गरे । 

उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तमा रहेको दादोङगो सुन खानीमा लगभग १,४४४ टन प्रमाणित सुन धातुको मात्रा छ । जुन २.५ अर्ब टन सुन अयस्कबाट प्राप्त हुन्छ । जसको औसत ग्रेड प्रति टन ०.५६ ग्राम सुन हुन्छ।

सुन खानीले विकास र उपयोगको लागि आर्थिक सम्भाव्यता मूल्याङ्कन पास गरेको छ । प्राकृतिक स्रोत मन्त्रालयको भूगर्भीय अन्वेषण व्यवस्थापन विभागको खनिज अन्वेषण विभागका निर्देशक झू यिलिनले सुन खानी अन्वेषण परियोजनाको सफलताले चीनको रणनीतिक सुन भण्डारलाई अझ बलियो बनाएको दाबी गरे ।

विश्वव्यापी आर्थिक र भूराजनीतिक अनिश्चितताका कारण हालका वर्षहरूमा सुनको मूल्य नाटकीय रूपमा बढेको छ। यो हाल प्रति औंस लगभग ४,००० अमेरिकी डलरमा कारोबार भइरहेको छ।(सीसीटीभीप्लस)

 

प्रकाशित : १३ मंसिर २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह