Logo

सेयर बजार

भुजुङ हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्दै


GDP नेपाल
   २४ मंसिर २०८२, मंगलबार


काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ निष्काशन गर्ने भएको छ ।


कम्पनीलाई जारी पूँजी १ अर्ब रुपैयाँमध्ये २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरका २० लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति प्राप्त छ । यसमध्ये १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता प्रतिशेयर १०० रुपैयाँ दरका शेयर आयोजना प्रभावित स्थानीयहरूका लागि खुला गरिनेछ ।


त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको भागको १० प्रतिशत बराबरको १ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका, श्रम स्वीकृति प्राप्त नेपालीहरूका लागि खुला गरिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित : २४ मंसिर २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह