Logo

Banner-news

लकडाउनमै भारतमा रक्सीको माग बढेपछि ७०% कर थपियो, दिल्लीमा कोरोना विशेष शुल्क


GDP Nepal
   २४ बैशाख २०७७, बुधबार


नयाँदिल्ली (एजेन्सी) कोरोना संक्रमण फैलिँदो क्रममा रहेको भारतमा लकडाउन खुकुलो हुनेवित्तिकै मदिरा पसलमा भीड लाग्ने गरेको छ । मदिरा पसल अघिको भीड नियन्त्रण गर्न भारतका कतिपय राज्यहरुले अतिरिक्त करको भार थपेका छन् ।

कतिपय भारतीय राज्यहरूले रक्सीमा उल्लेख्य रुपमा कर बढाइरहेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । मानिसहरूको बढ्दो माग व्यवस्थापन गर्न र राजस्व संकलन बढाउने प्रयास गरिरहेका बेला ती राज्यहरूले रक्सीमा भारी कर वृद्धि गरेका हुन् ।

सबैभन्दा रोचक त राजधानी नयाँदिल्लीस्थित अरविन्द केजरीवाल सरकारले ७० प्रतिशत कर लगाएको छ । दिल्ली सरकारले विशेष कोरोना शुल्क भन्दै मंगलबारबाट रक्सीमा ७० प्रतिशत कर लगाएको हो ।

नयाँदिल्ली सहित आन्द्र प्रदेश र पश्चिम बंगाल राज्य सरकारले पनि करमा भारी वृद्धि गरेका छन् । यद्यपि, कर धेरै लगाइए पनि दिल्लीका रक्सी पसलहरूमा मानिसहरूको लामो लाइन लागेको छ र त्यहाँ प्रहरीले नियमन गरिरहेको जनाइएको छ ।

भारतमा मार्च २४ तारिखदेखि लकडाउन गरिएको छ र, त्यसयता पहिलोपटक सोमवार केही क्षेत्रमा रक्सी पसलहरू खुलेपछि अस्तव्यस्त दृश्यहरू देखिएको थियो र कतिपय ठाउँमा प्रहरीसँग झडपसम्म भएको थियो ।

ग्राहकहरूको भीड थाम्नै नसक्ने भएपछि केही पसलहरू केही घण्टामै बन्द भएका थिए । सामाजिक दूरी कायम गर्नुपर्ने नियमहरू पालना गराउन पनि निकै संघर्ष गर्नुपरेको थियो ।

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह